विघटिन संसद सर्वोच्चबाट पुर्नस्थापित हुने प्रचण्डको विश्वास

२५ जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विघटिन प्रतिनिधिसभा (संसद) संसद सर्वोच्च अदालतबाट पुर्नस्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटिको मंगलबार गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

‘अदालतले अन्तत हेर्ने संविधान हो । संविधान अनुसार संसद विघटन भएको छैन’ प्रचण्डले भनेका छन् ।

उनले गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुर्नस्थापित भएको स्मरण गर्दै भने, ‘त्यतिबेला पनि मैले हामी जिउँदै छौँ भनेको थिए, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुर्नस्थापना हुन्छ ।’

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गर्दा नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाएको उल्लेख गर्दै उनले अहिले कांग्रेस दोधारमा नरहेको बताए ।

‘पहिलोपटक चाहिँ नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थियो, अहिले त कांग्रेस यो प्रतिगमन नै हो भन्नेमा छ । जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै छौँ, जनमोर्चा पनि साथमा छौँ ।’ प्रचण्डले भनेका छन् ।

यसैगरी, अध्यक्ष प्रचण्डले संविधान निर्माणका बेला संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई जनताको बीचमा लैजानका लागि समेत नेता÷कार्यक्रतालाई निर्देशन दिएका छन् ।

२५ जेठ २०७८, मंगलवार १५:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु