मार्मिक गीत ‘जोगी’ भिडियोसहित

काठमाडौ, चैत १७ । नेपाली लोकदोहोरीको क्षेत्रमा क्रियाशिल शब्द सर्जक तथा गायक अमित बावु रोकायाको फेरि अर्को सिर्जना बजारमा आएको छ ।

नेपाली गाउँघरमा गाउने लोकभाकालाई सहरका सुविधा सम्पन्न स्टुडियो मा पुयाएर लोकदोहोरीको विकाशमा लाग्नुपर्छ भन्ने सर्जक अमित बावु रोकायाको लोकदोहोरी गीत विष्णु माझि र गायक विशाल सोनिको “जोगी” बोलको निकै मर्मस्पर्शी गित बजारमा आएको छ ।

गायक तथा सर्जक, अमितबावु रोकाया , कमला , अमृत पुर्णको शब्द रहेको गितमा चर्चित लोकदोहोरी गीतलाई फरक रुपमा प्रस्तुत गर्दै आएको छ ।

चर्चित मोडल बिपेश घिमिरे र चर्चित मोडल सारिका के सि को सो गीतमा अभिनय रहेको छ । गितमा मार्मिक रुपमा भाका तथा लय सिर्जना अमितले गरेका छन ।

निर्देशक बिक्रम चौहानले निर्देशन गरेको गितको छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि।क ले गरेका छन ।

१९ चैत २०७४, सोमवार १६:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु