भोजपुरी सुपरस्टारले नायिका कुटे
भोजपुरी सुपरस्टार पवन सिंहले रक्सीको नशामा नायिका अक्षरा सिंहलाई पिटेका छन् । रातको साढे ११ बजे नायक सिंहले अक्षराको कपाल भुत्ल्याउँदै पिटेका थिए ।
चलचित्रको सुटिङ सकाएर भोलिपल्ट मुम्बई फर्किने योजनामा रहेकी अक्षरालाई पिटेको जानकारी पाएपछि होटलका स्टाफले छुटाउने प्रयास गरेका थिए । अक्षराको हातमा चोट लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
पवन सिंह भोजपुरी चलचित्रको सुपरस्टार हुनुको साथै गायक पनि हुन् । उनले प्रतिज्ञा, डकैत, इन्साफ, गदरलगायतका भोजपुरी फिल्ममा अभिनय गरेका छन् ।
कुनै समय भोजपुरी चलचित्र उद्योगमा अक्षरा र पवनको प्रेम सम्बन्धले राम्रै चर्चा पाएको थियो । सन् २०१५ मा निलम सिंहसँग बिवाह गरेकी थिइन् भने विवाहको तीन महिनामै निलमको मृत्यु भएको थियो ।
अक्षरा भोजपुरी फिल्मको चर्चित नायिका हुन् । उनले सन् २०१३ मा रवी किसनसँग ‘सत्यमेव जयते’मा अभिनय गरेकी थिइन् । उनले काला टिका र सूर्यपुत्र कर्ण जस्ता सिरियलमा पनि काम गरेकी थिइन् ।
१९ चैत २०७४, सोमवार १६:०५ बजे प्रकाशित













