गायक क्षीतिजको औंसीको रात सार्वजनिक (भिडियोसहित)
काठमाण्डौ , गायक मोहन क्षीतिज को औंसीको रातको म्युजिक भिडियो सार्वजनिक भएको छ ।बुढा सुब्बा डिजिटल प्रा।लिले बजारमा ल्याएको गीतमा चन्द्रलाल तामाङको शब्द रहेको छ भने मनोज चौलागाईको संगीत रहेको छ ।
काठमाण्डौको गोकर्ण लगायत अन्य विभिन्न स्थानमा छायाकन गरिएको म्युजिक भिडियोमा यलेन मगर, जुना मगर लगायतका कलाकारहरुको अभिनय देख्न् सकिन्छ । माया प्रेम संग सम्बन्धित उक्त गीतमा एकान्त मगरको छायाँकन रहेको छ । भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् ।
(भिडियो)
१२ भदौ २०७५, मंगलवार ०७:४६ बजे प्रकाशित














