सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ तेस्रो
काठमाडौं । मनाङ मस्र्याङदी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो भएको छ । एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा मनाङले जाउलाखेल युथ क्लबाई १–० गोलले हरायो । मनाङ मस्र्याङदी क्लब, स्मारक ए डिभिजन लिग फुटबलको साविक विजेता हो ।
मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । निशानले ५७औं मिनेटमा गरेको गोल मनाङका लागि प्रयाप्त बन्यो । जाउलाखेलको प्रहारलाई मनाङका गोलरक्षक दीप कार्कीले विफल पारेका थिए । दीप म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पनि प्राप्त गरे ।
जितसँगै तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको मनाङले २८ अंक बनायो । १९ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा रह्यो ।
२ फागुन २०७६, शुक्रवार १३:१५ बजे प्रकाशित





