प्रचण्डलाई बाबुरामको साथ, भन्छन– जनयुद्धताका गिरिजाबाबु अझै ठोक्नुपर्यो भन्नुहुन्थ्यो
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपां) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र द्धन्द्धका क्रममा तत्कालीन सभापति गिरजाप्रसाद कोइरालाले आक्रमण गर्नै उक्साउने गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षी कांग्रेस, राप्रपा लगायतका पार्टीले प्रश्न उठाइरहेका बेला
समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रचभण्डलाई साथ दिएका छन ।
उनले जुनयुद्ध दिवसका अवशरमा प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका हुन ।
शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा भट्टराईले तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६२ माघमा घोषणा गरेको नगरपालिका निर्वाचन विथोल्नका लागि गिरिजा प्रसाद कोइरालाले आग्रह गरेको बताए ।
‘उहाँ (प्रचण्ड) को सानो कुरालाई पनि बढाई चढाई गरी प्रस्तुत गर्ने बानी छ । उत्तेजना फैलाउने स्वभाव छ । १२ बुँदे समझदारीको ड्राफ्ट गर्ने म नै हुँ । मलाई याद छ । उहाँहरुले शान्तिपूर्ण ढंगले र हामीले फौजी ढंगले प्रहार गर्ने सहमति भएको थियो ।’ उनले भने ।
१२ बुंदे समझदारीमा नै काँग्रेस लगायतका सात दलले शान्तिपूर्ण आन्दोलन गर्ने र तत्कालिन माओवादी फौजि ढंगले अघि बढ्ने सहमति भएको उनले बताए ।
तत्कालीन समयमा आफूहरुले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा गिरिजाले ठोक्नुपर्यो भनेको भट्टराईले बताए । ‘पुसको अन्तिमतिर आन्दोलन राम्रोसँग हुन सकेन । हामीले युद्धविराम भंग गरेर जाने निर्णय गर्दा उहाँ ९गिरिजा० ले अझै ठोक्नुपर्यो भनेर चाँही भन्नुभएको हो,’ उनले भने, ‘लौन कारवाही अगाडी बढाउनुप(यो उहाँले भनेको हो म पनि साक्षी थिए ।
एक दुई पटक भनेको कुरालाई युद्धभरी भनेजस्तो गरी प्रस्तुत गर्नुभएन् । नगरपालिका निर्वाचन विथोल्न अलिअलि फौजी कारवाही बढाउनुपर्यो भन्नुभएको हो ।’
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन सभापति गिरिजाप्रसा कोइराला ज्युँदै हुँदा नभनेले अहिले केही भन्न नसकिने बताए ।
‘खोई गिरिजाप्रसाद कोइराला रु जिउँदै हुँदा उहाँ ९प्रचण्ड० ले केही बोल्नुभएन् । वितिसकेको व्यक्तिको बारेमा बोलेर हामी कसरी कमेन्ट गर्ने रु’, उनले भने ।
२ फागुन २०७६, शुक्रवार १३:३२ बजे प्रकाशित





