प्रायोजक पाउने पहिलो नेपाली महिला क्रिकेट खेलाडी सरिता मगर

काठमाण्डौ – नेपाली महिला राष्ट्रिय क्रिकेट खेलाडी सरिता मगरलाई एसएम कम्पनीले एक वर्षका लागि प्रायोजन गरेको छ ।

महिला क्रिकेटमा प्रायोजक पाउने पहिलो नेपाली खेलाडी बनेकी सरितालाई एसएम कम्पनीले एक वर्षका लागि क्रिकेट सामग्रीको प्रायोजन गरेको हो । यसअघि पुरुष क्रिकेटरलाई मात्र प्रायोजन गर्दै आएको एसएम कम्पनीले महिला खेलाडीमाथि पनि प्रायोजन सुरु गरेको छ ।

सुरुमा यो प्रायोजन एक वर्षका लागि भएपछि त्यसलाई पछि बढाउदै लैजाने कम्पनीले जनाएको छ ।

महिला खेलाडीलाई पनि निजी क्षेत्रले प्रायोजन पाउने भएपछि खेलाडीलाई झन हौसला मिल्ने सरिताको भनाइ छ ।

२ चैत २०७५, शनिवार १२:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु