विराट गोल्डकप : आइतबारको खेलमा संकटा विजयी

विराटनगर : विराट गोल्डकपको आइतबारको खेलमा पाहुना टोली भारतको मोहम्डन कलकत्तालाई हराउँदै संकटा क्लब विजयी भएको छ । निर्धारित समय भित्र दुुबै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धेकेलिएको थियो ।

थपिएको समयको पहिलो हाफमा संकटाका तर्फबाट नाइजेरियन खेलाडी ड्रिबेलको गोल नै निर्णायक बन्यो । विराट गोल्डकल्पको विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सोमबारको खेलमा झापा ११ र मोरङ ११बीच प्रतिस्पर्धा हुँदै छ ।

१९ चैत २०७४, सोमवार ०३:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु