दिल्लीलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा

काठमाडौं , बैशाख १५ । इण्डियन प्रिमियर लिग आईपीएलमा कोलकत्ता नाइट साइडर्स शीर्ष स्थानमा उक्लिएको छ ।कोलकत्ता दिल्ली डेयरडेभिल्सलाई हराएर शीर्ष स्थानमा उक्लिएको हाे ।

दिल्लीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य कोलकत्ताले मात्र १.६‍२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसले पहिलो विकेट भने सुरुमा नै गुमाएको थियो । सुनिल नरिन मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो ।

तर, गौतम गाम्भीर रोविन उथप्पासँग शतकीय साझेदारी गरे । १०८ रनको साझेदारी गर्दै जितको आधार बनाएका उथप्पा ५९ रनमा आउट भए । मनिष पाण्डे ५ रनमा आउट भए । तर, गाम्भीरले ज्याक्सनसँग मिलेर टिमलाई जिताए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो ।

 

१६ वैशाख २०७४, शनिवार ०३:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु