बुढासुब्बा गोल्डकप फुटबलमा बिहीबार दोस्रो सेमिफाइनल
धरान, १२ फागुन । धरानमा जारी १९ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाईनलको खेल हुँदैछ । दिउँसो तीन बजे हुने खेलमा आयोजक धरान निलो र नेपाल पुलिस बीच प्रतिस्पर्धा हुनेछ । हिजो भएको पहिलो सेमीफाइनलमा रुपन्देही–११ लाई २–१ गेल अन्तरले हराउँदै काठमान्डुको संकटा क्लब फाईनल प्रवेश गरेको छ ।
१२ फागुन २०७३, बिहीवार ०४:०८ बजे प्रकाशित