टर्कीका सैनिक महिलाले बुर्का लगाउन पाउने
टर्की, १२ फागुन । टर्कीका सैनिक महिलाले बुर्का लगाउन पाउने भएका छन् । टर्कीमा सन् १९८० देखि महिला सैनिकले बुर्का लगाउन नपाउने नियम रहेको थियो । हालै सरकारले यो प्रतिवन्ध फुकुवा गरेको हो । सरकारले बुर्काको रंग बर्दिकै जस्तो हुनुपर्ने र टोपीभन्दा भित्र लगाउन सक्ने तर अनुहार भने छोप्न नपाइने व्यवस्था गरेको हो । सरकारले नयाँ नियम बनाए पनि यो टर्कीको राजपत्रमा प्रकाशित भएपछि मात्रै लागु हुने बताइएको छ । बर्षौंदेखि पक्ष र विपक्षमा बहस भइरहेको यो विषयमा टर्की सरकारले बुर्कामाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
१२ फागुन २०७३, बिहीवार ०४:०७ बजे प्रकाशित