पक्की बाटो बनाउने कार्यप्रति जिल्ला वनले रोक लगायो
कैलाली, १२ फागुन । कैलालीको अत्तरिया नगरपालिका स्थित दुर्गालक्ष्मी सामुदायिक वनभित्र ऐन नियम विपरित पक्की बाटो बनाउने कार्यप्रति जिल्ला वन कार्यालय कैलालीले रोक लगाएको छ । वनभित्र जथाभावी सडक बनाउन नपाउने भन्दै वन कार्यालयले आजदेखि पक्की सडक बनाउने कार्यमा रोक लगाएको हो । ऐन विपरितको विकास निर्माण कार्य तत्काल रोक्न वनले निर्माण कम्पनीलाई निर्देशन दिएको छ । वनभित्र जथाभावी संरचना बनाउन नपाईने भएकाले पक्की सडक निर्माण कार्यमा आजदेखि रोक लगाएको जिल्ला वन कार्यालयका निमित्त जिल्ला वन अधिकृत श्याम मोहनलाल दासले जानकारी दिए ।
कैलाली बाट पत्रकार लोकेश धामीको सहयोगमा
१२ फागुन २०७३, बिहीवार ०४:०६ बजे प्रकाशित