बी डिभिजन लिग : च्यासल र टुसाल विजयी

काठमाडौँ, १३ भदौँ । राजधानीमा जारी बी डिभीजन लिग अन्तर्गत आइतबार भएका खेलमा च्यासल युवा क्लब र टुसाल युवा क्लब विजयी भएका छन । आज अपरान्ह भएको खेलमा च्यासल युवा क्लबले सातदोबाटो युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो भने अर्को खेलमा टुसाल युवा क्बलले महाविर युवा क्लबलाई ३–१ गोल अन्तरले हरायो । हलचोक मैदानमा अपरान्ह भएको खेलमा च्यासलका लागी विनोद केसी र अरुण श्रेष्ठले एक एक गाले गरे भने सातदोबाटो युवा क्लबका रिपु बोलनले सान्तवना गोल फर्काए । यस्तै सोही समयमा एन्फा कम्पलेक्स सातदोबाटोमा भएको अर्को खेलमा टुसाल युवा क्लबले महाविर क्लबलाई ३–१ गोलले पराजित गरेको हो । टुसालका लागी अनिल धामी र नीरज बस्नेतले एक एक गोल गरे भने महाविरका विकास गुरुङले एक आत्मघाती गोल गरेपछि टुसाल ३–१ गोलले विजयी भएको हो । महाविरका लागी एक मात्रै गोल तप्पन कार्कीले गरे ।
यस्तै आजै भएको अर्को खेलमा नयाँबस्ती युवा क्लब जोरपाटी र श्रीकुमारी क्लबले बराबरी खेलेका छन । स्वयम्भुस्थित सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा श्रीकुमारीका कुलदीप कार्कीले आत्मघाती गोल गरेपछि नयाँबस्ती र श्रीकुमारीबीच बराबरी भएको हो । खेलको ३७ औँ मिनेटमा सुवर्ण सामेखमले गोल गर्दै १–० को अग्रता लिएको श्रीकुमारीका लागी कुलदीप कार्कीले ६० औ मिनेटमा आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि नयाँबस्तीले १–१ को बराबरी गर्ने मौका पाएको हो ।
१३ भदौ २०७३, सोमवार १६:१० बजे प्रकाशित