प्रधानमन्त्री भन्छन – ‘फास्ट ट्रयाकको जिम्मा भारतलाई दिइन्न’

काठमाडौँ, १३ भदौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ काठमाडौं द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको ठेक्का विदेशी कम्पनिलाई नदिने बताएका छन । साथै उनले यसका बारेमा विज्ञहरुसंग छलफल गर्ने पनि बताएका छन । राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले फास्ट ट्रयाक विदेशी कम्पनिलाई दिने भनि चलाइएका हल्ला पूर्णतः निराधार भएको बताए । फास्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय आफ्नै पहलमा भएको भन्दै दाहालले अघिल्लो सरकारका पालामा उच्चस्तरीय राजनीतिक समितिको संयोजकका हैसियतले आफूले गरेको जोडबलले सो निर्णय भएको जिकिर गरे । उनले यसबारे आफ्नो भ्रमण अघि नै कुरा गर्ने स्पष्ट पारेका छन ।
१३ भदौ २०७३, सोमवार १६:०६ बजे प्रकाशित