पूर्वराष्ट्रपति यादवलाई ‘क्यान्सर’ खर्च दिने सरकारको आलोचना, स्वास्थ्यमन्त्री थापा चुप !

ho b]z, ho hgtf M/fi6«klt 8f=/fdj/0f ofbj rLgsf] xfOgfg k|fGtsf] af]cfcf]df cfhb]lv ;'? ePsf] Pl;ofsf nflu af]cfcf] d~rsf] jflif{s ;Dd]ngdf efulng lqe'jg cGt/f{li6«o ljdfg:yntkm{ k|:yfg ug'{cl3 ;j{;fwf/0fnfO{ clejfbg kmsf{pFb} . ;fydf /fi6«kltsL ;'k'qL clgtf . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, १३ भदौँ । पुर्व विशिष्टलाई दिइने भनिएको सेवा सुविधा प्रति चर्को आलोचना भइरहेका बेला क्यान्सर रोग लागेका पूर्व राष्ट्रपति रामवरण यादवलाई अमेरिका गई उपचार गर्न लाग्ने सम्पूर्ण खर्च सरकारले दिने निर्णय गरेको छ । यो पुरानो निर्णय आइतबार मात्रै सार्वजनिक भएको हो । जसको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यादव केही साताभित्र उपचारका लागि अमेरिका जादै छन । उनँलाई ६० लाख रुपैया अग्रिम भुक्तानी दिने र उपचारको सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय मन्त्रीपरिषद्ले गत साता गरेको हो । त्यसबाहेक यादवलाइ दैनिक ३ सय डलर भत्ता, अमेरिका आउन जान विजनेश क्लासको हवाइ टिकटका साथै उहाँसंगै जाने ३ जना सहयोगीलाई हवाइ टिकट र प्रतिब्यक्ति दैनिक १ सय ५० डलर भत्ता दिने निर्णय सरकारले गरेको हो ।

भातरमा केही समयअघि परिक्षणका क्रममा यादवलाई प्रोस्टेट क्यान्सर भएको देखिएको थियो । पूर्व राष्ट्रपति यादवले त्यसको शल्यक्रियाका लागि अमेरिका जाने भन्दै सरकारसंग उपचार खर्च माग गर्नुभएको थियो । यसअघि भारतमा स्वास्थ्य परिक्षण गर्न जाँदा पनि सरकारले उहाँलाई १० लाख रुपैया दिएको थियो । तर यसका बारेमा स्वास्थ्यमन्त्री समेत रहेका गगन थापा भने चुप देखिएका छन । पूर्वविशिष्टलाई कुनै पनि सरकारी सेवा सुविधा दिनुहुन्न भन्ने युवा नेता समेत रहेका स्वास्थ्यमन्त्रीको यो विषयमा कुनै धारणा नआएपछि उनको पनि आलोचना भइरहेको छ।

१३ भदौ २०७३, सोमवार १५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु