प्रशिक्षणका लागी भलिबलकी सरस्वती जापानमा
काठमाडौँ, ३१ साउन । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी सरस्वती चौधरीले जापानमा एकमहिने भलिबल प्रशिक्षणको मौका पाएकी छन । यसका लागी उनी आइतबार नै जापान प्रस्थान गरेकी छन ।
जापानको तुसुकुवा विश्वविद्यालयमा प्रशिक्षण लिन उनी जापानका भलिबल प्रशिक्षक सुन्जियाना गीता, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र भलिबलका पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरीको पहलमा उनले सो मौका पाएकी हुन ।
सरस्वती नेपाल एपिएफ क्लबकी पहिलो रोजाइकी खेलाडी रहेकी उनी आइतबार नै जापान गएकी छन । आगामी सेप्टेम्बर १५ तारिखसम्म चल्ने उनको प्रशिक्षणको सम्पूर्ण खर्च जापानी प्रशिक्षकले व्यहोर्ने जनाइएको छ ।
यसअघि जापानी प्रशिक्षक सुन्जियानाको सहयोगमा पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक राईले साढे तीन महिनाको वैदेशिक प्रशिक्षण लिएका थिए ।
३० साउन २०७३, आइतवार २१:०० बजे प्रकाशित