प्रचण्ड सरकारमा फोरम अध्यक्ष यादव पर्ख र हेरको अवस्थामा

8da6c490244f8d9414a4724c349e2ae5_Lमहोत्तरी, ३१ साउन । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संविधानका विषयको टुङ्गो लगाउन सरकारलाई आग्रह गरेका छन । उनले सो विषय नटुंग्याई राज्य पुनःसंरचना आयोगको काम अगाडि नबढाउन पनि चेतावनी दिए ।

सदरमुकाम जलेश्वरमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष यादवले अघिल्लो सरकारले अगाडि बढाएको सिमाङ्कनको कार्यलाई तत्काल बन्द गर्नुपर्ने पनि जिकिर गरे ।

माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीसहित नेपाली काँग्रेससँग भएको तीन बुँदे सहमतिअन्तर्गत आफूहरुले प्रधानमन्त्रीको निर्वाचनमा भोट खसालेर एकबुँदे पालना गरिसकेको भन्दै उनले सरकारले दुई बुँदा सहमति पालना गर्छ कि गर्दैनन् भन्ने हेर र पर्खको स्थितिमा रहेको बताए ।

३० साउन २०७३, आइतवार २१:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु