६८ जनालाई सहिद घोषणा नगरे मोर्चा सरकारबाट बाहिरिने !

rssfsfकाठमाडौँ, ३१ साउन । आन्दोलनरत मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनसहितको मोर्चाले तराई÷मधेसमा आन्दोलनका क्रममा मारिएका ६८ जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।

आइतबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भेटी उनीहरुलाई शहिद घोषणा गर्न र सो नगरे आफुहरु सरकारबाट बाहिरिने चेतावनी समेत गठबन्धनका नेताहरुले दिएका छन ।

मधेस आन्दोलनको क्रममा मारिएका प्रहरीसहित ६८ जनाको सूची रहेको र उनीहरुलाई सहिद घोषणा नगरेसम्म सरकारमा आफ्नो तर्फबाट मन्त्री नपठाउने पनि गठबन्धनको अडान छ ।

गृह मन्त्रालयले पर्सामा मारिएका भारतीय नागरिक आशिषकुमार राम, सप्तरीमा आन्दोलनका क्रममा भाग्दा करेन्ट लागेर मरेका शिवशङ्कर दास र गाडीको ठक्करबाट मरेका बालककृष्ण रायलगायत व्यक्तिको सूची राखेको छैन ।

छलफलमा सहिद घोषणासँगै आन्दोलनको क्रममा घाइते भएकालाई निःशुल्क उपचार खर्च, अपाङ्ग भएकालाई जीवन निर्वाह भत्ता, पक्राउ परेकालाई रिहा, मुद्दा फिर्ता र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेलगायत विषय गठबन्धनले राखेको छ ।

भेटपछि उपप्रधानमन्त्री निधिले गठबन्धनले राखेका अधिकांश माग पूरा गर्न सरकार तयार रहेको र आगामी मन्त्रिपरिषद् बैठकबाट तीनलाई सम्बोधन गरिने जानकारी दिएका छन ।

३० साउन २०७३, आइतवार २०:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु