प्रिमियर लिगमा म्यान्यु र लिभरपुल विजयी !

mourinho-ibrahimovic-man-utd_3472172काठमाडौँ, ३१ साउन । नयाँ सिजनको इंग्लिस प्रिमियर लिगमा आइतबार राती भएका खेलमा म्यान्चेष्टर युनाइटेड र लिभरपुल विजयी भएका छन । आइतबार साझँ नै भएको पहिलो खेलमा म्यान्युले बर्नमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

म्यान्युका लागी जाल्टान इब्राहिमोबिच, रुनी र माटाले एक एक गोल गरे । प्रशिक्षक जोसे माउरिन्हो र स्ट्राइकर इब्राहिमोबिचको आगमनपछिको लिगमा म्यान्युको पहिलो जित हो । बर्नमाउथका लागी स्थिमले सान्तवना गोल फर्काए ।

यस्तै गएराती नै भएको अर्को खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले आर्सनललाई ४–३ ले पराजित गरेको हो ।

३० साउन २०७३, आइतवार १९:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु