बार्सिलोनाका फुटबलर मेस्सीलाई २१ महिना जेल सजाय,
अर्जे्न्टिना र बार्सिलोनाका फुटबल स्ट्राइकर लियोनल मेसीलाई ट्याक्स छली अभियोगमा २१ महिनाको जेल सयाज सुनाइएको छ । स्पेनिस मिडियालाई उद्धृत गर्दै मेसीलाई २१ महिना जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।
मेसीका बुबा जोर्जलाई पनि जेल सजाय सुनाइएको छ । मेस्सी र मेसीका बुबामाथि २००७ देखि ०९ को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ ।
२२ असार २०७३, बुधवार १५:०७ बजे प्रकाशित