१० मिनेट नाटक प्रदर्शनी

काठमाडौँ । कालिकास्थानस्थित सर्वनाम थियटरमा राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ प्रदर्शनी सुरु भएको छ । रङ्गकर्ममा रुची भएर पनि आफ्नो प्रतिभा देखाउने ठाउँ नपाएका कलाकारका लागि सर्वनाम थियटरले सुरु गरेको उक्त नाटक प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । सर्वनाम थियटरका निर्देशक अशेष मल्लले प्रतिभा देखाउन मञ्च नपाएर रङ्गकर्मबाटै बिदा लिने अवस्थामा पुगेको आफ्नो सङ्घर्षलाई स्मरण गर्दै प्रदर्शनीको आयोजना गरिएको छ । पहिलो दिन भगवतीकुमारी मैनाली उप्रेतीको नाटक ‘फलानो’, सुविना पौडेलको ‘मोक्ष’, रोशन आचार्यको ‘परिचय’, आशिष श्रेष्ठको ‘खै के खै के’, कपोल कल्पित (विकास अधिकारी) को ‘बिडम्वना’ र भुवन सङ्गमको ‘अब बेचिन्न’ नाटकको प्रदर्शनी गरिएको थियो । पाँच दिनसम्म हरेक दिन काठमाडौँ उपत्यकासहित मुलुकभरका विभिन्न जिल्लाका कलाकारले ३९ वटा नाटक प्रस्तुत गर्ने कार्यक्रमका संयोजक राज शाहले जानकारी दिए । थियटरको ‘१० मिनेट नाटक’ प्रदर्शनीको यो दोस्रो संस्करण हो ।  प्रदर्शनी हुने प्रत्येक नाटकलाई १० मिनेटको समय दिइनेछ । एकल वा सामूहिक रुपमा प्रदर्शनी गरिने नाटक १० मिनेटमा समाप्त गर्नुपर्नेछ ।

१८ जेठ २०७३, मंगलवार ०१:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु