पहिलो हाफमा नेपाल १-0 ले पछाडि
			फिफा कतार विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीच खेल जारी रहेको छ।
कुवेत सिटीमा भइरहेको खेलमा पहिलो हाफको समाप्तिमा जोर्डनले १-० को अग्रता लिएको छ।
खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता लिएको हो। जोर्डनका लागि मोहमद सुलेमानले गोल गरेका हुन्।
२४ जेठ २०७८, सोमवार २२:४२ बजे प्रकाशित
						 




