बार्सिलोना पराजित
२१ चैत । क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयमा महत्वपूर्ण गोल गरेपछि रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ । शनिबार राति भएको खेलमा पहिलो अग्रता बार्सिलोनाले जेरार्ड पिकेको गोल मार्फत पाएको थियो । मध्यान्तर अघि गोल रहित बराबरीमा सकिएको खेलमा बार्सिलोनाले ५६ औं मिनेटमा अग्रता पाएको थियो । तथापी त्यो अग्रता लामो समय टिक्न पाएन । रियलका लागि करिम बेन्जेमाले ६३ औं मिनेटमा बराबरी गोल गरेका थिए । अत्यन्तै प्रतिस्प्रर्धात्मक खेलको ८४ औं मिनेटमा रातो कार्ड (दोस्रो पहेंलो कार्ड) पाउँदै रियलका सर्जियो रामोस मैदानबाट बाहिरिएका थिए । बराबरीमा सकिने आंकलन गरिएको खेलमा रोनाल्डोले ८५ औं मिनेटमा सुन्दर गोल गरेर रियललाई महत्वपूर्ण ३ अंक दिलाएका थिए ।
२१ चैत २०७२, आइतवार ०६:१४ बजे प्रकाशित