मोटरसाइलक दुर्घटनामा २ को मृत्यु

काठमाडौं, २१ चैत । काठमाडौंको टंकेश्वरबाट ठमेल जाँदै गरेको बा ३० प ४५५० नम्बरको मोटरसाइकल स्वयम्भूमा रामघाट नजिकै दुर्घटनामा परेको छ । मोटरसाइकल अनियन्त्रित भई सडक पेटीमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई स्वयम्भूमा रामघाट नजिकै सडक पेटीमा ठोक्किएर भएको दुर्घटामा परी मोटरसाइकल चालक काठमाडौं कलंकीका २८ वर्षका शैलेन्द्र रिसाल र पछाडि बस्ने २९ वर्षकी सोनु रिसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते भएका २० वर्षका अनिस रिसालको वीर अस्पतालमा उपचार भईरहेको छ ।
२१ चैत २०७२, आइतवार ०६:०९ बजे प्रकाशित