चितुवाको छाला सहित चार पक्राउ
सल्यान, २१ चैत । सल्यानबाट चितुवाको छालासहित चार जना तस्कर पक्राउ परेका छ । श्रीनगरमा रहेको रोयल गेष्टहाउसमा चितुवाको छाला १५ लाखमा मोलमोलाई हुँदै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोली नै तस्कर बनेर उनीहरुसँग छालाको मोलमोलाई गर्ने क्रममा झोलामा लुकाएर राखेको छालासहित पक्राउ गरेको हो । बाँके महादेवपुरी–५ ढकेरीका २८ बर्षका रणबहादुर कवर, बागचौर नगरपालिका–८ कोटमौलाका ३४ बर्षका भुवन योगी, बागचौर नगरपालिका–९ पातिहाल्नाका ४४ बर्षका बेलाराम गिरी र दमाचौर–१ पलाटेकी ३३ बर्षका भेषकुमारी चन्द पक्राउ परेका हुन् ।
२१ चैत २०७२, आइतवार ०५:५६ बजे प्रकाशित