भारतीय तत्व नेपाल संगको सम्बन्धमा खाडल पैदा गर्न सक्रिय

Untitledकाठमाडौं, २१ चैत । नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका अध्यक्ष विष्णु रिमालले संबिधान जारी भएपछि मुलुकमाथि चौतर्फी आक्रमण भईरहेको बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट अन्तर्गत बैंक, वित्तिय तथा सहकारी क्षेत्र कर्मचारी यूनियन स्थापनार्थ आयोजित भेलाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका रिमालले नेपाल र भारतबीचको सम्बन्धमा खाडल पैदा गर्न केही भारतीय तत्वले उपद्रो मच्चाएको आरोप लगाए ।
रिमालले भने ‘संबिधान जारी भईसकेपछि हाम्रो मुलुकमा चौतर्फी आक्रमण भएको छ । अनुहार हेर्दा नेपाली लाग्ने, नागरिकता हेर्दा नेपाली लाग्ने मानिसहरुबाटै पनि नेपाललाई अहित हुने अभिव्यक्ति क्रियाकलापहरु हामीले पाएका छौं । त्यो जटिलता र चुनौति हामीकहाँ रहेको छ ।’

२१ चैत २०७२, आइतवार ०५:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु