पाँचथरको फिदिम १४ दिनदेखि अन्धकार

Untitledपाँचथर, २१ चैत । बिग्रिएको ट्रान्सफर्मर लामो समयसम्म पनि मर्मत नभएपछि पाँचथरको सदरमुकाम फिदिमवासी झन्डै दुई हप्तादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

यहि चैत ७ गते लोड बढी भएर पड्किएको ट्रान्सफर्मर  मर्मत नभएपछि फिदिमवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । फिदिमका ३५० घरधुरीका ७०० परिवार अहिले अन्धकारमा बस्न बाध्य भएका छन् ।  विद्युत् आपूर्ति सञ्चालन नहुँदा बैंक तथा वित्तीय संस्था, साइबर, मोबाइल पसल, विद्युत्को भरमा सञ्चालन हुने पसल बन्द भएका छन् ।

२१ चैत २०७२, आइतवार ०५:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु