नया पत्रिका कर्पोरेट गल्फको उपाधि नोर्वुलाई

9काठमाडौं, २० चैत ।  नया पत्रिका प्रालिले पहिलो पटक आयोजना गरेको नया“ पत्रिका कर्पोरेट गल्फ कप प्रतियोगिताको उपाधि क्याप्टेन नोर्बु शेर्पाले जितेका छन् ।  एसियाकै प्रसिद्ध गल्फ कोर्स गोकर्णमा शनिबार सम्पन्न प्रतियोगितामा नोर्बुले सर्वाधिक ४० स्कोर गरेका थिए । उनले ट्रफीसहित ३० हजार रुपैया“ बराबरको गिफट भौचर पाएका छन् । अन्नपूर्ण दैनिकका फोटो संपादक गोपाल चित्रकार उपविजेता बनेका छन् ।  उनले २० हजार रुपैया बरार गिफट भौचर पाए । प्रतियोगिताकै मुख्य आकर्षक उपहार फोर्ड फिगो कसैले जित्न सकेनन् ।  होल इन वानमा फोर्ड फिगो उपहार राखिएको थियो । ३÷४ ह्यान्डी क्यापमा ८२ गल्फरले सहभागीता जनाएको कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन नया“ प्रत्रिका प्रालिका अध्यक्ष तथा संपादक कृष्णज्वाला देवकोटाले उद्घाटन गरेका थिए ।

२० चैत २०७२, शनिवार १४:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु