टेटे अध्यक्ष विकप नेपाल आउने

काठमाडौं, २० चैत ।  अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ आईटीटीएफका अध्यक्ष थोमस विकर्प सोमबार नेपाल आउने भएका छन् । युएनओएसडिपी अन्तर्गत आईटीटीएफ, नेपाल पारा टेबलटेनिस संघ तथा अखिल नेपाल टेबलटेनिस संघको संयुक्त आयोनजामा सञ्चालन हुने पारा टेबलटेनिसको तालिमका लागि विकर्प नेपाल आउन लागेको टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।  सोही तालिमका लागि आईटीटीएफका विकास निर्देशक लियोन्ड्रा ओल्भेच शुक्रबारै काठमाडौं आइसकेका छन् । तालिम काठमाडौंको लैनचौर र जोरपाटी, धनगढी, नेपालगन्ज, पोखरा तथा विराटनगरमा अन्तर्राष्ट्रिय टेबलटेनिस दिवस ६ अप्रिलका दिन सुरुआत गरिने छ ।

२० चैत २०७२, शनिवार १३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु