बार एसोसिएसनको मतगणना सोमबार हुने
काठमाडौं, २० चैत । कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि भएको मतदानको मतगणना सोमबार हुने भएको छ । मतदान सकिएको छ । देशभरका ३३ निर्वाचन केन्द्रमा शनिबार बिहान ८ बजेदेखि सुुरु भएको मतदान दिउँसो साढे ४ बजे सकिएको हो । सबै निर्वाचान केन्द्रबाट जानकारी नआएकाले कति भोट खसे भन्ने टुंगो लागेको छैन । देशैभरका ३३ निर्वाचन केन्द्रबाट मतपेटिका काठमाडौं ल्याएपछि आगामि सोमबारबाट मात्रै मतगणना हुने निर्वाचन सिमितीले जनाएको छ । नेतृत्वको लागि प्रगतिशील समूहको तर्फबाट बिजयकान्त मैनाली र लोकतान्त्रिक समूहका शेरबहादुर केसी प्यानलसहित प्रतिस्पर्धामा छन् ।
२० चैत २०७२, शनिवार १५:०३ बजे प्रकाशित