नेपाली फुटबल टोली आज कुवेत जाँदै

नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपूर्ण खेलपछि अब नेपाली फुटबल टोली विश्व कप छनोट २०२२ र एसिया कप छनोट २०२३ का बाँकी खेलका लागि आज कुवेत प्रस्थान गर्नेछ ।

इराकको स्थानिय समय अनुसार साँझ ६ बजे त्यहाँबाट स्थलमार्ग हुँदै कुवेततर्फ जाने बताइएको छ । व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार करिब २ घन्टाको बस यात्रापछि टोली होटल पुग्नेछ ।

शनिबार भएको इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको थियो ।  कुवेतमा नेपाली टोलीले विश्व कप छनोट र एसिया कप छनोटको बाँकी ३ खेल खेल्नेछ ।

कुवेतमा नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नु पर्ने खेल न्यूट्रल भेन्यूका रुपमा कुवेत सारिएको थियो । सोही समूहमा रहेको कुवेतसँग भने नेपालले यसअघि नै खेलिसकेको छ ।

नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन । अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ ।

अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

१६ जेठ २०७८, आइतवार १८:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु