विश्वकप छनोटको च्याम्पियन यु–१९ क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

KP-oli-talkingकाठमाण्डौँ, कात्तिक ५ । लगातार शतप्रतिशत जित निकाल्दै यु–१९ विश्वकप छनोटको उपाधी नै उचालेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।  यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकपका लागि छनोट हुदै जारी छनोट प्रतियोगिता च्याम्पियन बनेको थियो ।

नेपालको शिर ठाडो राखेको र दशैका दिन नेपालीमा थप खुशी दिएको भन्दै प्रधानमन्त्री ओलीले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई टेलिफोन तथा विज्ञप्ती निकालेरै बधाई दिएका हुन् ।

नेपालले बिहीबार आयरल्याण्डलाई ३ विकेटले हराउदैँ विश्वकपमा स्थान पक्का र प्रतियोगिताको उपाधि उचालेको थियो । यसअघि भएका समूह चरका चार ओटै खेलमा फराकिलो जित निकालेको नेपाली क्रिकेट टोलीका कप्तान राजु रिजाल प्रतियोगितामै शतक हान्ने एक्ला खेलाडी समेत बने ।

साथै प्रधानमन्त्री ओलीले क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । प्रधानमन्त्रीले क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । विजेता क्रिकेट टोली भोली नेपाल फर्किदैछ ।

70687

५ कात्तिक २०७२, बिहीवार १९:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु