हैदराबादद्वारा बेङ्गलोरमाथि ६ विकेटको रोमाञ्चक जित

आइतबार दिल्लीसँग फाइनल प्रवेशका लागि खेल्ने

युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग ९आइपिएल० मा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

शुक्रबार भएको खेलमा हैदराबादले रोयल च्यालेञ्जर्स बेङ्गलोरलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै हैदराबादले क्वालिफायर(२ मा दिल्ली क्यापिटल्ससँग फाइनल प्रवेशका लागि भिड्ने भएको छ ।

१ सय ३२ रनको लक्ष्य पछ्याएको हैदराबादले २ बल बाँकी रहँदा पुरा गर्दै ६ विकेटको जित हात पारेको हो । हैदराबादको जितमा केन विलियम्सन र ज्यासन होल्डरले अविजित ५० र २४ रनको पारी खेले । यस्तै, मनिष पाण्डेले २४ तथा डेविड वार्नरले १७ रनको योगदान दिए ।

बेङ्गलोरका मोहम्मद सिराजले २ तथा युजवेन्द्र चाहल र एडम जाम्पाले समान एक(एक विकेट लिए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलोरले निर्धारित २० ओभरमा १ सय ३१ रन बनाएको थियो । बेङ्गलोरका लागि एबी डि भिलियर्सले सर्वाधिक ५६ रनको पारी खेले ।

यस्तै, आरोन फिन्चले ३२ रन तथा मोहम्मद सिराजले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।

हैदराबादले आइतबार फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग क्वालिफायर(२ मा खेल्नेछ भने पराजित बेङ्गलोर प्रतियोगिताबाट बाहिरिएको छ ।

२२ कात्तिक २०७७, शनिवार ०७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु