इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई हरायो ।।

माघ २१ ।
दक्षिण अफ्रिकासँगको पाँच एक दिवसीय क्रिकेट श्रृँखलामा इंग्ल्याण्डले १–० को अग्रता लिएको छ । बुधबार राति सकिएको पहिलो एक दिवसीयमा इंग्ल्याण्ड ३९ रनले विजयी भयो ।
डकवर्थ लुइस नियमका आधारमा दुई सय ९० रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले निर्धारित ३३ दशमलव ३ ओभरमा पाँच विकेट गुमाएर दुई सय ५० रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले नटआउट एक सय ३८ तथा फाफ डु प्लेसिसले ५५ रनको योगदान दिए पनि हार टार्न भने सकेनन् ।
इंग्ल्याण्डका माइन अलीले तीन विकेट लिए । यसअभि ब्लुुमफोनटेनमा पहिले ब्याटिङ गरेको भ्रमण टोली इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर तीन सय ९९ रन बनायो । इंग्ल्याण्डका जोस बटलरले एक सय ५, एलेक्स हेलस र बेन स्टोक्सले समान ५७, जोए रुटले ५२ तथा ज्यासन रोयले ४८ रन बनाए ।
दक्षिण अफ्रिकाका क्रिस मोरिसले तीन तथा मर्चेन्ट डी लंगी र इमरान ताहिरले समान दुई दुई विकेट लिए । यी दुई टोलीबिचको दोस्रो एक दिवसीय आउँदो शनिबार हुनेछ ।

२१ माघ २०७२, बिहीवार ११:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु