फेसबुक १३ औं वर्षमा, भिडियो बनाउने सुविधा

काठमाण्डौं, माघ २१
सामाजिक सञ्जाल फेसबुक १२ वर्ष पुगेर १३ वर्षमा लागेको छ । विश्वको सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल बन्न सफल फेसबुक सन् २००४ फेब्रुअरी ४ तारिखका दिन द फेसबुकका नाममा संस्थापक मार्क जुकरवर्गले सञ्चालनमा ल्याएका थिए ।
सन् २००६ को सेप्टेम्बर २६ तारिखका दिनदेखि मात्रै फेसबुकमा १३ वर्षमाथिका सबैका लागि एकाउन्ट खोल्ने सुविधा सुरु भएको हो । सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए ।
केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले ११ हजार ९ सय ९६ छ । सन् २०१२ को अक्टोबरमै फेसबुकको सक्रिय प्रयोगकर्ता मासिक १ अर्ब नाघेको थियो भने अहिले १ अर्ब ४४ करोडभन्दा धेरै छ ।
फेसबुकको १२ औं वार्षिकोत्सवको अवसरमा सबै प्रयोगकर्ताले फेसबुकमा साथीहरुसँग बिताएका पलको भिडियो बनाउन सक्ने सुविधा दिएको छ ।

फेसबुकमा हरेक १ मिनेटमा के हुन्छ ?
१ लाखभन्दा धेरै फ्रेन्ड रिक्वेस्ट पठाइन्छ
झण्डै ५ सय जना प्रयोगकर्ता थपिन्छन्न्
झण्डै ३७ हजार एक्टिभ युजर
३५ लाख विभिन्न सामाग्री पोस्ट
३ लाख स्टाटस अपडेड
४० लाख लाइक, ६ लाख कमेन्ट र ३ लाख फोटो पोस्ट
२ लाख मेसेज पठाइन्छ
५० हजार ल्किंक सेयर र,
७५ हजार इभेन्ट इन्भाइट हुन्छ

२१ माघ २०७२, बिहीवार ११:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु