बन्दका कारण जनकपुरको जनजीवन प्रभावित
जनकपुर, माघ २१
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित आन्दोलनरत पक्षले आह्वान गरेको अनिश्चितकालिन बन्दका कारण जनकपुरको जनजीवन प्रभावित भएको छ ।
नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर ३ का सांसद विमलेन्द्र निधी बुधबार गृह जिल्ला आएको विरोधमा मोर्चाले अनिश्चितकालिन जनकपुर बन्द आह्वान गरेको हो । बन्दका कारण बिहानैदेखि जनकपुर क्षेत्रका बजार, व्यवसाय, शिक्षण संस्था, कलकारखाना, यातायातसहित सबै क्षेत्र प्रभावित भएको छ ।
मोर्चा तथा अरु अन्दोलनरत पक्षले जनकपुरका चोकचोकमा टायरबालेर प्रदर्शन गरिरहेका छन् । नेता निधी गृह जिल्ला आएको विरोधमा बुधबार मोर्चाले प्रदर्शन गर्दा जनकपुरको श्यामचोक र शुक्रबारी बाजार नजिक प्रहरी र प्रदर्शनकारी बिच झडपसमेत भएको थियो ।
२१ माघ २०७२, बिहीवार ११:०५ बजे प्रकाशित