जारी आन्दोलनले मधेसीलाई नै बढि दु:ख दियो : महतो

विराटनगर, माघ २१ ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारलाई दबाब दिन गरेको आन्दोलनले जनतालाई असर पारेको भन्दै अब बस्ने मोर्चाको बैठकले विरगंज नाका खुलाउनु पर्ने बताएका छन् ।
बिराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले सरकारलाई असहयोग गर्न गरेको आन्दोलनले सरकारलाई दवाव दिन नसकेको उल्लेख गर्दै सबै नाका ठप्प पार्न नसक्दा विरगंज नाका पनि खोल्नु पर्ने बताए ।
विरगञ्ज नाका मात्र ठप्प पारेर राज्यले आफ्नो माग नसुनेको भन्दै महतोले कि पूर्व पश्चीमका सबै नाका ठप्प पार्नुपर्ने हैन भने बिरगञ्ज नाका पनि खोल्नुपर्ने बताउदै आफु यो प्रस्ताव भोली पर्सी बस्ने मोर्चाको बैठकमा राख्न तयार रहेको बताए ।
भारतको उत्तर प्रदेश तथा बिहारका बिभिन्न नेतालाई भेटेर फर्किएका महतोले मधेसको आन्दोलनलाई भारतको सहयोग रहेको समेत दाबी गरे । तराईमा रोटी बेटीको सम्बन्ध रहेको भन्दै यदी मधेसमा आन्दोलन हुँदा त्यसको असर भारतका सीमा क्षेत्रमा पर्ने भएकोले उहाँहरुले आफूहरुको भनाईलाई सकारात्मक रुपमा लिएको उनको दाबी छ ।
उनले मधेसको आन्दोलन अधिकारको आन्दोलन भएकोले अब हुने आन्दोलन निर्णयक हुने बताए । उनले आफुहरु शक्ती सञ्चयको अबस्थामा पुगेको दाबी गर्दै यही क्रममा बिचार मिल्ने दलहरुलाई पनि एक ठाउँमा ल्याउने प्रयास भईरहेकोले मधेसका जनताले पनि आफुहरुलाई त्यही भनेको बताए । महतोले अब हुने आन्दोलन नै निर्णायक हुने दाबी समेत गरेका छन् ।
निर्णायक आन्दोलन कस्तो हुने भन्ने बारेमा केही नबताएका महतोले आन्दोलनको स्वरुप फेरिएर निर्णायक आन्दोलनमा जाने दाबी गरे ।
२१ माघ २०७२, बिहीवार १०:५४ बजे प्रकाशित