रियल मड्रिडमा नयाँ प्रशिक्षक जिदान नियुक्त

1936136_10150960675104953_1978497845036486617_nकाठमाडौँ, २२ पुस । रियल मड्रिडले प्रशिक्षक राफेल बेनिटेजलाई बर्खास्त गर्दै जिनेदान जिदान नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

स्पेनका ५५ वर्षीय बेनिजेट रियल मड्रिडको प्रशिक्षक भएको सात महिनामा नै बर्खास्तीमा परेका हुन् । स्पेनिस ला लिगामा भ्यालेन्सियासँग २–२ को बराबरीमा रोकिएपछि क्लबको बोर्डले बेनिटेजलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

बेनिटेजको प्रशिक्षणमा रियल मड्रिडले २५ खेल खेल्यो, जस मध्ये ३ खेलमा मात्र हार व्यहोरेको छ ।
साथै क्लब च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको छ । तर, गत नोभेम्बरमा भएको इएल क्लासिकोमा चिरप्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध ४(० को हार व्यहोरेको छ ।

रियल मड्रिडले पूर्व खेलाडी एवं बी टीमका प्रशिक्षक जिदानलाई नयाँ प्रशिक्षक घोषणा गरेको छ । क्लबले जिदानलाई कति अवधिका लागि प्रशिक्षकमा नियुक्त गरेको भन्नेबारे केही बताएको छैन ।

फ्लोरेन्टिनो पेरेज रियल मड्रिडको अध्यक्ष भएको १२ वर्षमा दिनान ११ औं प्रशिक्षक बनेका छन् ।

फ्रान्सका विश्वकप विजेता जिदानको रियल मड्रिडको प्रशिक्षकका रूपमा पहिलो खेल घरेलु मैदानमा शनिबार डिपोर्टिभोविरुद्ध हुनेछ ।

२१ पुस २०७२, मंगलवार २१:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु