कोहलीकै स्टाइलले १५ बर्षीय किशोरले तोडेको रेकर्ड

Pranav-Dhanawade-1काठमाडौं, २२ पुस । विराट कोहलीको जस्तै गरी एक भारतीय व्याट्सम्यानले विस्फोटक ब्याटिङ गर्दै १००९ रन बनाएका छन् ।

मुम्बईको स्कुल क्रिकेटको यू १६ प्रतियोगितामा १५ वर्षका प्रणव धनावडेले ३२३ बलमा अविजित १००९ रन बनाएका हुन् । ६ घन्टा ३५ मिनेटसम्म क्रिजमा रहेका उनले ५९ छक्का र १२९ चौका हाने ।

आर्य गुरुकुल स्कुलविरुद्धको खेलमा केसी गान्धी स्कुलले ३ विकेटको क्षतिमा १४५५ रन बनाएर पारी समाप्तीको घोषणा गरेको थियो ।
मुम्बई क्रिकेट एशोसिएसनद्वारा आयोजित ‘एचटी भण्डारी कप इन्टर स्कुल क्रिकेटमा प्रणवले सोमबार १९९ बलमा ६५२ रन बनाएका थिए । सिद्धेश पटेल १०० रनमा क्रिजमा थिए । प्रणवले सोमबार नै मुम्बईका पृथ्वी शाको ५४६ रनको रेकर्ड तोडेका थिए ।

प्रणव ब्याट्सम्याना विराट कोहलीलाई आफ्नो प्रेरणाको स्रोत मान्छन् र विभिन्न चार प्रतियोगितामा सर्वाधिक रन बनाएर अवार्ड जितिसकेका छन् । उनका बुबा ठाणेमा अटो रिक्सा चलाउँछन् ।

स्कुल क्रिकेटमा सचिन तन्दुलकर विनोद कांबलीको रेकर्ड अरमान जाफर सरफराज खानले तोडेका थिए । त्यसलाई पृथ्वी शाले तोडे । अब उनको रेकर्ड तोड्दै प्रणवले आफ्नो नाममा लेखाएका छन् ।

Virat-Kohli

२१ पुस २०७२, मंगलवार २१:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु