एकपक्षीय जित निकाल्दै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा लाइप्जिगमाथि ३–० को एकपक्षीय जित निकाल्दै पीएसजी इतिहास रच्न रफल भएको हो ।
पोर्चुगलको स्टाडियो डा लुजमा भएको खेलमा पिएसजीले लाइप्जिगमाथि पूर्ण दवाव सिर्जना गर्यो । पिएसजीलाई फाइनल पुर्याउन मार्किन्हस, एन्जल डी मारिया तथा जुआन बर्नाटले १–१ गेलको योगदान दिए ।
खेलको १३ औं मिनेटमा डी मारियाको पासलाई गोलमा परिणत गर्दै मार्किन्हसले पिएसजीलाई अग्रता दिलाए । ४२ औं मिनेटमा डी मारियाले पिएसजीको अग्रतालाई दोब्बर बनाए । उनले नेइमारको पासलाई सदुपयोग गरेका थिए ।
५६औं मिनेटमा डी मारियाको पासलाई सदुपयोग गर्दै बर्नाटले पिएसजीका लागि तेस्रो गोल गरे । त्यसपछि कुनै पनि टिमले गोल गर्न नसक्दा पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो पटक उपाधि नजिक पुगको पिएसजीले फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोन बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई बीचको खेल आज राति हुँदैछ ।
३ भदौ २०७७, बुधवार ०७:०७ बजे प्रकाशित





