‘खुकुरीले ताक्नु पर्छ ‘
दार्जलिङ र शिख कुन पापीले बेचि दियो,
लिपुलेक र कालापानी भारतले मिचि दियो ।नवरपुर र सुस्ता पनि छिमेकीको तारो भाछ,
सार्वभौम नागरिक हामी राष्ट्रभक्ति छारो भाछ ।छिमेकीले सिमा मिच्यो हातेमालो गर्दै उठौं
खोसिएको भूमी फिर्ता लिन एक भइ जुटौं ।हजारौं पटक भए पनि नेपालको सिमा धाउनु पर्छ
लिपुलेक कालापानि हाम्रो हो, फिर्ता ल्याउनु पर्छ ।निउ खोज्न आए खुकुरीले ताक्नु पर्छ
पुर्खाको रगत हो नेपाल बचाएर राख्नु पर्छ ।
२६ पुस २०७६, शनिवार १५:२३ बजे प्रकाशित













