हर्नले कान खायो !

काठमाडौं,बैशाख । चुनावि चहलपहल बढेसंगैँ कावासोतीमा ट्राफिक नियम अल्लङ्गन हुन थालेको छ । चुनावको प्रचारप्रसारमा खटिएका दलहरुले बसको छतमा कायकर्ता भरेर प्रचारका लोको देखीएको छ । साथै सवारी साधनमा क्षमता भन्दा बढी कायकर्ता भरेर नगर परिक्रमा गरेको देखीएको छ ।
राजनैतिक दलहरुले यसमा निगरानि गर्नुपर्नेए आवश्यकता देखीएको सर्बसाधरणाले गुनासो गर्दे बाईकको हर्न आवश्यक परेको ठाउमा मात्र बजाउन आग्रह गरेका छन् ।
यता नवलपरासी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख धमेन्द्र रावलले भने जिल्लामा ट्राफिक प्रहरीको संख्या न्युन रहेको र अधिकाम्स प्रहरीहरुलाई निर्वाचनमा खटाईएकाले निगरानिमा समस्या देखीएको बताए र साथै उनले राजनैतिकदलहरुले यसअगावै ट्राफिक नियम उल्लङ्गन नगर्ने प्रतिबद्धता जनाईसकेकाले दलहरुले आफ्नो ठाउबाट निगरानि गरेकोमा आशावादी रहेको बताए ।
प्रहरी निरीक्षक रावलले ट्राफिक नियम ले आफ्नै ज्यानको सुरक्षा गर्ने भएकाले सचेत रहन सबैमा आग्रह गरे । यस्तै अटेर गर्नेहरुलाई दैनिक रुपमा कार्वाही गरीएको समेत बताए ।
२८ वैशाख २०७४, बिहीवार ०२:१८ बजे प्रकाशित





