कोरियोग्राफर झालाई १ लाखको राष्ट्रिय सम्मान

लामो समयदेखि देश–विदेशका विभिन्न सौन्दर्य प्रतियोगिता र फेसन शोमा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७७ बाट सम्मानित भएका छन् ।

कविलासी नगरपालिक–७ गौर घर भए पनि लामो समयदेखि राजधानीमा बसेर सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७७ सम्मानबाट सम्मानित गरेको हो ।

समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले कोरियोग्राफर झालाई नगद १ लाख रुपियाँसहित राष्ट्रिय युवाप्रतिभा सम्मान–२०७७ बाट सम्मानित गरेका थिए ।

९ पुस २०७७, बिहीवार ०७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु