भारतको अतिक्रमणकारी नीति र चिन्तन नहटाई सिमा समस्या समाधान हुदैन :गृहमन्त्री बादल
गृहमन्त्री राम बहादुर थापा बादलले भारतको अतिक्रमणकारी नीति र चिन्तन नहटाई सिमा समस्या समाधान नहुने बताएका छन ।
बुधबार संसदको राज्य ब्यबस्था तथा सुशासन समितिको बैठकमा उनले भने, भारतको अतिक्रमणकारी नीति र चिन्तन समस्याका रुपमा छ । यो नहाटाएसम्म सिमा समस्या हल हुदैन । पिल्लर उखेलेर फाल्ने गर्छन्।
यस्तो नीति छ उनीहरुको।यसमा ध्यान दिन जरुरी छ।
स्ट्रीप नक्सा बनाउँदा दुई देशको भुमी यताउता परेको थापाले बताए।यसलाई कुटनीतिक तवरबाट समाधान खोजिनुपर्ने उनको भनाई थियो।
२८ साउन २०७७, बुधवार १४:२३ बजे प्रकाशित





