कार्यकारी अध्यक्षबाट राजीनामा दिने प्रचण्डको तयारी !

नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अध्यक्षबाट राजीनामा दिने तयारी गरेका छन् ।

नेकपाको जारी विवाद समाधानको कुनै सूत्र फेला नपरिरहेको बेलामा कार्यकारी अध्यक्ष प्रचण्डले आफैं राजीनामा दिन लागेको जनाइएको छ । यसबारे प्रचण्डले आफु निकटमा नेताहरुसँग छलफल गरिरहेका छन् । ‘कार्यकरी अध्यक्षबाट राजीनामा दिँदा अर्का अध्यक्ष्ँलाई नैतिक दवाव पुग्छ भने राजीनामा दिने कि भन्ने छलफल भएको छ ।

तर, यसले पार्न सक्ने अन्य प्रभावलाई पनि ख्याल गर्नु पर्छ । निर्णय भइसकेको होइन, प्रचण्डले राजीनामा दिएर दवाव दिने विषयमा बिभिन्न नेताहरुले माग पनि राख्दै आउनुभएको छ । त्यसबारे सामान्य छलफल भएको हो’ प्रचण्ड निकट एक नेताले भने ।

गत असार १० गतेबाट सुरुभएको नेकपाको स्थायी कमिटी बैठकले एजेण्डाभन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेपछि उत्पन्न विवाद समाधान हुन सकेको छैन । ओली दुबै पदबाट राजीनामा नदिने अडानमा छन् भने उनीइत्तरका प्रचण्ड र माधव नेपाल समूह भने राजीनामालाई नै बटम लाइन बनाउदै आएको छ ।

२८ साउन २०७७, बुधवार १०:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु