कान्तिपुरका पत्रकार बानियाँ मृत भेटिए
लामो समयदेखि कान्तिपुर पव्लिकेशनमा आबद्ध पत्रकार बलराम बानियाँ मकवानपुरमा मृत फेला परेका छन् ।
सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेको भनिएका पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीमा फेला परेको हो । तनहुँका स्थायी बासिन्दा पत्रकार बानियाँ राजनीति र सुशासनको क्षेत्रमा लामो समयदेखि रिपोर्टिङ गर्ने गर्दथे ।
बानियाँ सोमबारदेखि परिवारको सम्र्कमा नआएकाले खोजि गरिदिन परिवारका सदस्यले निवेदन गरेको र उनलको शव सिस्नेरीमा भेटिएको प्रहरीले पुष्टि गरेको छ । बानियाँको जुत्ता बल्खुखोलाको किनारमा भेटिएको छ । उनलाई खोलाले बगाएको आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।
राजनीति र सुशासनको क्षेत्रका स्थापित पत्रकार बानियाँले गरेको केही रिपोर्टिङहरु पछिल्लो केही समय यता विवादमा समेत परेका थिए ।
२८ साउन २०७७, बुधवार १४:३६ बजे प्रकाशित





