उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु
ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।
बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए।
२८ साउन २०७७, बुधवार १४:५७ बजे प्रकाशित




