१४ जना सांसदबारे सर्वोच्चबाट आदेश आए लगत्तै सरकार विस्तार

जसपा राजनीतिक दल सम्बन्धी अध्यादेशको टुंगो लगाएर मात्रै सरकारमा जाने सोचमा

असोज, ३ काठमाडौं । सत्तागठबन्धन सरकार विस्तारका लागि १४ जना सांसदबारे नेकपा एमालेको मुद्धामा सर्वोच्च अदालतको अन्तरिम आदेश कुरेर बसेको छ । सर्वोच्चबाट आदेश भए लगत्तै सरकार विस्तारको तयारीमा रहेको नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतमा एमालेले दर्ता गरेको १४ जना सांसदको कारबाही सम्बन्धी मुद्धामा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा यहि असोज ४ गतेका लागि पेशी तोकिएको छ । ४ गते अन्तरिम आदेश आउने सत्तागठबन्धनको विश्वास छ । तर, सरकारले पुर्णता नै पाउन भने थप समय लाग्न सक्ने नेताहरुले बताएका छन् ।

सरकारमा जाने मन्त्रीहरु छान्ने कार्यदलमा रहेका एक नेता भन्छन्, ‘सर्वोच्च अदालतबाट १४ जना सांसदविरुद्ध परेको मुद्धामा आदेश आएपछि सरकार विस्तार गर्ने भन्ने भएको छ ।’

सर्वोच्चबाट अन्तरिम आदेश नआए पनि सरकार विस्तार हुन्छ रु भन्ने प्रश्नमा गठबन्धनका नेताहरु बोलिरहेका छैनन् । तर, एक हप्ताभित्र सरकार विस्तार हुने सार्वजनिक अभिव्यक्ति भने आइरहेको छ । सत्तागठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आइतबार पोखरा पुगेर एक हप्ताभित्र सरकारमा सहभागी हुने तयारी रहेको बताएका छन् ।

तर, जनता समाजवादी पार्टी जसपाले भने ठोस निर्णय लिइसकेको छैन् । एक नेताका अनुसार जसपा राजनीतिक दल सम्बन्धी अध्यादेशको टुंगो लगाएर मात्रै सरकारमा जाने सोचमा छ ।

‘एमालेको मुद्धा सर्वोच्चमा छ । त्यसले एउटा निकास पायो भने राजनीतिक दल सम्बन्धी अध्यादेशलाई के गर्ने रु भन्ने विषयमा निर्णय लिन सहज हुन्छ । त्यसपछि सरकारमा जाने कि भन्ने बलियो मत पार्टीभित्र छ’ जसपाका एक नेताले भने ।

नेकपा माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङले सरकार विस्तार अब छिट्टै हुने बताए । तर, सरकारले पुर्णता पाउन भने केही समय लाग्न सक्ने उनको भनाइ छ ।

‘केही विषयहरु छन् । केही दिनमा सरकार विस्तार हुने आधारहरु छन् । अहिलेलाई यहि विश्वास गरौं’ उनले भने, ‘सरकारले पुर्णता पाउने सन्दर्भमा भने थप समय लाग्न पनि सक्छ ।’

३ असोज २०७८, आइतवार २२:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु