कांग्रेसको क्रियाशील सदस्यता छानवीन समितिले प्रतिवेदन बुझायो
१२ साउन, काठमाडौँ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानवीन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।
मंगलबार कांग्रेस पदाधिकारी बैठकमा समितिका संयोजक रमेश लेखकले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदनमा चार लाख ४३ हजार छ सय ७८ जना नयाँ क्रियाशील वितरण गरिएको उल्लेख छ।
समितिको प्रतिवेदनमा ९८ प्रतिशत कार्य सकेको जनाइएको छ। बाँकी २ प्रतिशत सदस्यता टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतालाई दिएको छ।
१२ साउन २०७८, मंगलवार १३:४१ बजे प्रकाशित













