तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्दै प्रधानमन्त्री
१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववर्ती सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिरहेका छन् ।
प्रधानमन्त्री देउवाले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्न लागेका हुन् ।
प्रदेश २ का राजेश अहिराज, गण्डकी प्रदेशका सीता पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई सम्भवतः आजै मंगलबार बर्खास्त गर्ने तयारी प्रधानमन्त्री देउवाले गरेका छन् ।
उनीहरुलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न खोजिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
१२ साउन २०७८, मंगलवार १३:०४ बजे प्रकाशित





